११ कात्तिक , काठमाडौँ – गोदावरी नगरपालिकाको नगर कार्यपालिकाले चाडपर्व खर्च भन्दै १२ लाख रुपैयाँ दामासाही रुपमा बाँडेको रहस्य खुलेको छ ।नगरपालिकाका निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको नगर कार्यपालिकाले निर्णय गराएरै सो रकम बाँडफाँड गरेको खुलेको हो ।
स्रोतका अनुसार तिहार पर्वका लागि खर्च स्वरुप भन्दै नगर कार्यपालिकाका २४ जना सदस्यलाई जनही ५०-५० हजार रुपैयाँका दरले १२ लाख रुपैयाँ दामासाहीले बाँडिएको हो । तिहार आउनुअघि सो निर्णय भएको छ ।
यो खबर आजको नेपाल समाचारपत्रमा छ ।