
काठमाडौं ।
पाल्पाको रामपुर नगरपालिका–५ बेझाडनजिक नहर अफिस परिसरमा स्कुटर र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। रामपुरबाट बेझाड बजारतर्फ जाँदै गरेको स्कुटर र विपरीत दिशाबाट आएको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक आभाष गौतम, पछाडि सवार गोविन्द कँडेल र स्कुटर चालक देवराज शाही घाइते भएका छन्। घाइतेलाई उपचारका लागि रामपुर अस्पताल लगिएकामा दुई जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।