नन्दु यादव,
जेठ१० बेलाटारी नवलपरासी। ग्रामिण जनताहरुकाे माझमा पुग्न सफल भएकाे र असल जिवनकाे सहारा बनेकाे मुक्तिनाथ बिकास बैकले स्थानिय स्तरमा अन्तरक्रिया कार्यक्रम अाज गाेपिगन्जमा सम्पन्न गरेकाे छ। मुक्तिनाथ बिकास बैंक का अनुगमन अधिकृत भिम पाैडेलकाे सभापतित्व तथा बाल्मिकि बचत तथा ऋण सहकारी सस्थाका उपाध्यक्ष शालिक राम घिमिरेकाे अतिथतामा सम्पन्न भएकाे हाे ।अन्तरक्रिया कार्यक्रम माथि गाेपिगन्ज शाखाका कर्जा बिभागका प्रमुख दिपक अधिकारी ले प्रकाश पार्नु भएकाे थियाे भने अाधुनिक बैंकिङ बारे शाखा प्रमुख प्रबिन अामात्य र लघु बित्तबारे नारायण पन्गेनि ले प्रकाश पार्नु भएकाे थियाे।कार्यक्रममा बाेल्दै अनुगमन अधिकृत भिम पाैडेलले बैककाे सेवालाई ग्रामिण क्षेत्रकाे प्रत्येक जनताकाे घरमा सेवा दिने लक्ष्य रहेकाे छ भने यश बैक ले गरिबी रेखामुनि रहेका ब्यक्ति हरुकाे जीवन स्तर उकास्ने समेत कार्य गर्दै अाएकाेबताउनु भयाे भने अबकाे केही दिनमा मुक्तिनाथ बैकले अाफ्नाे सम्पुर्ण सेवा यहाकाे जनताकाे घरदैलाेमा पुर्याई जनताकाे असल साथिकाे रुपमा मुक्तिनाथ बिकास बैक हुने ठाेकुवा गर्नु भयाे कार्यक्रम मा गणेश पाेख्रल ,निमानन्द न्यापाने लगायत लेयस बैकले दिएकाे सेवा बाट गाेपिगन्ज क्षेत्रका जनतामा खुसियालि छाएकाे बताउनुभयाे । केही दिन देखि ग्रामिण क्षेत्रमा रहेका जनताहरुलाई सहयाेग गर्ने उदेश्यले स्थापित भएकाे बैक मा अाबध्द १८ गा. बि. स का लगभग सयाै जना काे सहभागिता रहेकाे थियाे।ग्रामिण क्षेत्रलाई मध्यनजर गर्दै बि . स.२०७३/८/२७ गतेका दिन गाेपगन्जमा स्थापना भएकाे मुक्तिनाथ बैंक लिमिटेडकाे शाखाले अाफ्नाे सेवालाई सरल तरिकाबाट जनता सम्म सहज रुपमा पुर्याएकाेमा स्थानियबासि खुसि भएका छन।जनता बैंकमा हाेईन बैंक जनतामा जानुपर्छ भन्ने मुलनाराकाे साथ सन्चालन रहेकाे याे बैंक ले ग्रामिण क्षेत्रमा रहेका जनतालाई भरपर्दाे सेवा दिईरहेकाेमा जनता ले बैकबाट प्रदानहुने सबै किसिमकाे सेवा स्थानिय जनताले पाउने माैका पाएका छन।बैंक ले निक्षेप तर्फ बचत खाता,कलखाता मुद्दती खाता जस्ता कार्यक्रम सन्चालन गरेकाे छ भने धिताे कर्जा तर्फ ब्यापारीक कर्जा,अावास कर्जा,अटाे कर्जा,कृषि कर्जा,ब्यक्तिगत कर्जा,बैदेशिक कर्जा,शैक्षिक कर्जा,सामाजिककर्जा र उपभाेग्य कर्जा लगायतका कर्जा सेवा सन्चालन गरेकाे छ। तेसै गरि बिना धिताे कर्जा तर्फ यसले साधारण कर्जा,बिशिस्ट सदस्य कर्जा,ब्यवसायिक समुहकर्जा,उर्जा कर्जा,उन्नत कृषि कर्जा,अाकस्मिक कर्जा लगायतकाे सेवा दिईरहेकाे शाखा गाेपिगन्यजका कर्जा बिभाग प्रमुख दिपक अधिकारी ले बताउनु भयाे। यसै गरि यसकाे अन्य सेवा हरुमा एबिबियस , एटिएम,एसएमएस,लकर सुबिधा,ई बैंकिङ्क सेवा दिईरहेकाेछ । ग्रामिण क्षेत्र का जनताहरु काे जीवन उकास्न याे बैककाे महत्त्वपूर्ण याेगदान रहेकाे छ।।अहिले याे बैंक ले१८ वटा गा. बि.स का २ लाख जनताहरुलाई अाफ्नाे सेवा प्रदान गर्दै अाईरहेकाे छ। नेपाल राष्ट्र बैकबाट “ख”बर्गकाे ईजाजत प्राप्त राष्ट्रिय स्तरकाे बिकास बैककाे रुपमा परिचित रहेकाे छ।नेपालकाे विभिन्न जिल्लाका जनताहरुलाई अाफ्नाे सेवा प्रदान गर्ने उदेश्यले ६२ वटा शाखा कार्यालय सन्चालनमा रहेका छन।