सोनकलि थारु
१० जेठ नवलपरासी । एच आइ भी संक्रमितहरुको सम्झनामा ३४ औ अन्तररष्टिय मैनबत्ती दिवस सुनवलको चौराहामा मैनबत्ती प्रज्वलित गरी मनाइएको छ ।जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीको आयोजना सुनवल सामुदायिक बिकास केन्द्र , लुम्बिनी प्लस , सहभागी बर्दघाट ,युथ भिजन ,निलहिरा समाज र निर्भना फाउन्डेसन को समन्वयमा मैन बत्ति दिबस मनाइएको छ । एच आइ भि एड्स लागेर मृत्यु भएका व्यक्तिहरुको समझना र एच आइ भि एड्स लागेका ब्यक्तिहरुलाइ हैसला दिन उक्त कार्यक्रम संचालन गरिएको थियो । सुनवल सामुदायिक बिकास केन्द्र का अध्यक्ष गोबिन्द प्रसाद ढकाल को अध्यक्षता जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका जनस्वास्थ्य निरिक्षक रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा सुनवल सामुदायिक बिकास केन्द्र , लुम्बिनी प्लस , सहभागी बर्दघाट ,युथ भिजन ,निलहिरा समाज र निर्भना फाउन्डेसनको कार्मचारी,नागरिक समाज लगायातको सहभगिता रहेको थियो।
उक्त कार्यक्रमको संचालन सुनवल सामुदायिक बिकास केन्द्रका संयोजक राधा सापकोटाले गनुभएको थियो ।