
रामेछाप ।
रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको बा ९९७५ नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।