
बैतडी।
बसकाे ढाेकाबाट खसेर बैतडीमा एकजनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा जिल्लाकाे दशरथचन्द नगरपालिका ४ का ६५ वर्षीय पदम राज भट्ट रहेका बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए।
महेन्द्रनगरबाट बैतडी आउदै गरेकाे सु.प.प्र.०२-००१ख १०१७ नं. को बसको ढोकाबाट गुरूखाेला नजिक आज अपरान्ह साढे ४ बजे एक्कासी खसेर भट्ट घाइते भएका थिए।
घाइते भट्टलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल ल्याइएकाेमा उपचारको क्रममा बेलुका साढे ५ बजे ज्यान गएको हाे।
बसचालक पाटन नगरपालिका ०८ हरिचनका ३२ वर्षीय दशरथ महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।