१२ कात्तिक , काठमाडौँ – कार्यालयमा हाजिर भएको झन्डै दुई महिना बितिसक्दा दुई महानगरपालिकाका शिक्षाका उपसचिव कार्यालय विहीन भएका छन् ।
काठमाडौं र ललितपुर महानगरपालिकाका उपसचिवलगायत एक दर्जन कर्मचारी कार्यालय विहीन बनेका छन् ।
दुवै महानगरपालिकामा मेयरलाई पटक पटक जानकारी गराउँदा पनि कार्यालय उपलब्ध नगराएपछि ती कर्मचारी काम विहीन बनेका हुन् ।स्थानीय सरकारले शिक्षाका २१ प्रकारका काम गर्ने अधिकारसहित गत असारमा दुई महानगरमा उपसचिव खटाएको थियो ।
यो खबर आजको नेपाल समाचारपत्रमा छ ।