१२ कात्तिक , विराटनगर – मोरङको उत्तरपूर्वी नगरपालिका सुन्दरहरैँचा नगरपालिका–९ स्थित विराटचौकमा आज ग्यास लिक भई भएको आगलागीमा रु तीन लाखभन्दा बढीको धनसम्पत्ति जलेर नष्ट भएको छ ।
एक नं क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार स्थानीयवासी देवकुमारी भट्टराईको घरको भान्साकोठामा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको हो । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ ।
रासस