१३ कात्तिक , काठमाडौँ – मुलुकका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सरकारले तालिममा अर्बौं लगानी गरे पनि तालिमपछिको उपलव्धी भने न्यून प्राय देखिएको छ ।
सरकारले हरेक वर्ष प्लम्बिङ, इलेक्टिसियन, ब्युटिसियनलगायत ६ दर्जनभन्दा बढी सीपमूलक तालिममा लगानी गर्दै आएको छ । सरकारी तथ्यांकमा तालिम लिनेको संख्या हरेक वर्ष थपिँदै गए पनि स्वदेश तथा विदेशमा रोजगारीका लागि जानेहरू अर्धदक्ष नै हुने गरेका छन्।
सरकारले बर्सेनि ठूलो रकम सीपमूलक तालिममा खर्च गरे पनि वैदेशिक रोजगारीमा जानेका लागि भने एक पैसा पनि खर्च नगरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले बताउँछन्।
‘जुन क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने हो, त्यसमा सरकारले एक पैसा पनि खर्च गरेको छैन’, उनले भने, ‘बिनातालिम वैदेशिक रोजगारमा जाँदा त्यसबाट पाउनुपर्नेजति प्रतिफल प्राप्त हुन सकेको छैन।
यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।