
तुलसीपुर ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा दाङ ३ का प्रतिनिधि सभाका उम्मेदवार घनश्याम पाण्डेले जनताको हितमा काम गर्ने बताएका छन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० राइखलीयानमा एमाले वडा कमिटिको घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन । उनले आफु प्रतिनिधि सभामा निर्वाचित भए जनताको पक्षमा कानुन निर्माण गर्ने र आधारभुत आवस्यकता पुरा गर्दै विकासमा अग्रणी भुमिका खेल्ने समेत बताएका छन् ।
त्यस अवसरमा स्थानियले उम्मेदवार पाण्डे समक्ष विभिन्न समस्याहरु अवगत गराउदै समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
एमालेले दाङ ३ मा आज पनि विभिन्न टोलहरुमा घरदैलो गर्दै कोण सभाहरु गरेका छन । तुलसीपुरका वडाहरुमा नेता तथा स्थानिय कार्यकताका विच घरदैलो गरिएको छ । वडा नम्बर १३, १४ र १५ मा उत्साहपुर्ण तरीकाले घरदैलो र कोणसभा भएका छन । त्यहा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसी,एमाले जिल्ला सचिव श्याम डाँगी लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
उता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का विभिन्न टोलमा भएका घरदैलो तथा भेटघाट कार्यक्रममा त्यहाका जनताले विभिन्न मागहरु अघि सारेका छन् । वडाका विभिन्न ठाउँमा भएको घरदैलो कार्यक्रमको अवसरमा उनीहरुले विकास निर्माण देखी युवा स्वरोजगार र कृषि उत्पादनलाई बजारीकरणका लागि पहल गरिदिन माग गरेका थिए ।
यसैक्रममा शान्तीनगर गाउपालिका वडा नम्बर ३ र वडा नम्बर ६ मा पनि कोणसभाहरु भएका छन । त्यहा भएका कोण सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा समानुपातिक तर्फका उम्मेदवार कोमल वलीले जनताको पार्टि एमाले भएको हुदा सुर्यमा मतदान गरि विजयी बनाउन अपिल गरेकि थिईन । उनले देशको रक्षा र स्वाभिमान कायम राख्नका लागि पनि एसपटक एमालेको बिकल्प नरहेको बताईन् । जनताले विश्वास गरे आफुहरुले विकास गरेर देखाउने वलीले बताएकी थिईन । तपाई हामीलाई विश्वास गर्नुहोस, हामी विकास गर्नेर्छौ, मतदाता संग भनिन् ।
उता बबई गाउँपालिकामा पनि एमालेले कोणसभाहरु सम्पन्न भएका छन । एमालेको पक्षमा मतदान गर्न अपिल गर्दै वडा नम्बर ४ हापुरेमा घरदैलो गरिएको थियो । घरदैलो कार्यक्रममा प्रतिनिधि सभामा पहिलो पटक उम्मेदवार बनेका घनश्याम पाण्डेलाई विजयी बनाउनका लागि मत मागेका थिए । तुलसीपुरको मेयर हुदा थुप्रै नमुनायोग्य कामहरु गरेको हुदा पाण्डेलाई नै मत दिने स्थानियले बताएको एमाले जिल्ला सदस्य प्रेम बहादुर राम्जाले जानकारी दिएका छन ।।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।