तदनुसार नोभेम्बर ०३ तारिख
मेष — रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
बृष — अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ।
मिथुन — आम्दानीले उत्साह जगाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। रकम हातलागी हुनेछ तर ऋणभार समेत बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने समय छ।
कर्कट — कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।
सिंह — मिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
कन्या — परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सामान्य कामका लागि पनि धेरै दौडधुप गर्नुपर्ला। तापनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुन सक्छ।
तुला — परिवारजनको साथले उत्साहित भइनेछ। तर, प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। वादविवादले पुरानो सम्बन्धमा समस्या निम्त्याउन सक्छ। भौतिक साधन बिग्रनाले काममा विलम्ब हुनेछ।
बृश्चिक — सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला।
धनु — प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ।
मकर — प्रतीक्षित नतिजा कमजोर देखिन सक्छ। तर दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ। हतारको निर्णयले हानि हुन सक्छ, योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ।
कुम्भ – परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउन सक्छ। तापनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिनेछ।
मिन — नयाँ कामको प्रस्ताव आउनेछ। आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्।
स्रोत : नेपाली पात्रो