१२ जेठ , नवलपरासी ।
कावासोती नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीहरुले शुक्रवारबाट पदवहाली गरेका छन ।
नगरपालिकामा एक औपचारिक समारोहकाबिच नव निर्वाचित जनप्रतिनिधीहरुलाई स्वागत र पदवहाली कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाकी मेयर चन्द्रा पुनले आफु सबै जनताको प्रतिनिधी भएकाले नगरको समग्र विकासका लागि सबैसंग हातेमालो गरेर अगाडि बढ्ने बताईन । सबैको साझा भएर जनताको काम गर्ने समेत उनले प्रतिबद्धता जाहेर गरिन । कावासोती नगरको फोहोर व्यवस्थापन , नदि कटान , सुकुम्वासी समस्याा मुख्य समस्या भएकोले सबैभन्दा पहिला यस समस्या समाधानका लागि पहल गर्ने बताईन ।
यसैबिच शुक्रवार नै बसेको नगर सभाको पहिलो वैठकले कावाासोतीका १७ वटा वडामा वडा कार्यलय स्थापना गर्ने निर्णय गरेको छ । यस्तै वडाहरुमा कर्मचारी व्यवस्थापनका लागि समेत आवशयक कदम चाल्ने र सबै मतदाताहरुलाई धनयावाद ज्ञापन गर्ने निर्णय समेत गरेको वैठकपछि पत्रकार सम्मेलनमा बोल्दै नगरपाकिलाका कार्यकारी अधिकृत हरिलाल पुरिले जानकारी दिए ।
झन्डै २० वर्षपछि भएको भुनाव र १५ वर्षपछि पाएका जनप्रतिनिधीहरुले काम शुरु गर्दा शुक्रवार कावासोती नगरपालकाको एउटा ऐतिहासिक दिन बनेको र ऐतिहासिक पहिलो वैठकले गरेका निर्णय पत्रकार सम्मेलन मार्फत् जानकारी गराईएको थियो । यस्तै शुक्रवार कावासोतीको लागि ऐतिहासिक दिन भएको भन्दै खुसीयाली समेत मनाईएको थियो ।
यस्तै शुक्रवार नै नवलपरासीको विनयी त्रिवेणी गाउपालिकाको नव निर्वाचित जनप्रतिनिधीहरुले पनि पदवहाली गरेका छन ।