१३ जेष्ठ ।
थरुहट मधेशी संयुक्त लोकतान्त्रिक मोर्चा नवलपरासीले आज मसाल जुलुस निकाली विरोध प्रदर्शन गरेको छ । संघिय गठबन्धनको केन्द्रिय निर्देशन अनुसार मोर्चाले आज सदरमुकाम परासी सहित विभिन्न ठाउँमा मशाल जुलुस प्रदर्शन गर्दै चुनावको विरोध गरेको हो । साँझ ६ बजे मोर्चाले मशाल जुलुस निकालेको हो ।
सरकार र संघिय गठबन्धन बिच भएको भद्र सहमतिमा संविधान संसोधन, स्थानिय तह थप्ने, पुर्ण समानुपाति समावेशी र आन्दोलनमा लगाइएका विभिन्न मुद्दा फिर्ता लिने जस्तो मागहरु सरकारले पुरा नगरेपछि मोर्चाले चुनाव बहिष्कार गर्न सन्दर्भमा आज मसाल जुलुस प्रदर्शन गरेको राष्टिय जनता पार्टीका जिल्ला नेता पुरन चौधरीले बताउनुभएको छ । नेता चौधरीका अनुसार े राष्टिय जनता पार्टीको पार्टी कार्यालयबाट निकालिएको मशाल जुलुसु लोकतान्त्रिक चोक, मालटोल, जिल्ला अदालयत हुदै बुद्धचोक स्थित आयोजित एक कोण सभापमा परिणत भएको हो ।आयोजित विरोध कोणसभामा मोर्चा संयोजक मुकर गिरी, राष्टिय जनता पार्टीका नेता पुरन चौधरी, संघिय फोरम नेपालका नेता धरेन्द्र यादव, नयाँ शक्ति नगर सभापति अमिरुल्लाह मिँया, लगायतले बोलेका थिए ।