१९ कात्तिक , सप्तरी – जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१२ निवासी वृषबहादुर विकको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
गत असोज ११ गते साँझ खेतमा लगाइएको धानबाली हेर्न गएको बेला हात्तीले आक्रमण गरी गम्भीर घाइते भएका ६० वर्षीय विकको विराटनगरस्थित नोवेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीले आक्रमण गरी टाउको र छाती कुल्चेर गम्भीर घाइते बनाएकाले विगत नौ दिनदेखि उनलाई सघन उपचार कक्ष(आइसिर्यु मा राखिए पनि बचाउन नसकिएको चिकित्सकलाई उद्धृत गर्दै मृतक विकका छोरा रेशबहादुर विकले बताउनुभयो । हात्तीको आक्रमणबाट घाइते भएका अन्य दुईजना भने उपचारपछि घर फर्किसकेका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आएका हात्ती विगत एक महिनादेखि स्थानीय जंगलमा बस्ने र बेलाबेलामा आक्रमण गर्ने र अन्नबालीमा क्षति पु¥याउन थालेपछि स्थानीय राम्रोसँग निदाउन पनि पाएका छैनन् ।
जंगली हात्तीले धनजनको क्षति पु¥याउन थालेपछि स्थानीय रातभर आगो बालेर पालैपालो जाग्राम बस्न थालेको स्थानीयवासी अरुण यादवले बताउनुभयो । स्थानीयवासीले जंगली हात्तीको नियन्त्रण र आक्रमणबाट भएको जनधनको क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउनसमेत सरकारसँग माग गरेको छ ।
रासस