२१ कात्तिक , काठमाडौँ – काठमाडौंमा तरकारीको मूल्य दोब्बर बढेका छन् । मूल्य बढ्नुको मुख्य कारण मागअनुसार आपूर्ति नहुनु हो। दशैं र तिहारपछि तरकारी आपूर्तिमा ५० प्रतिशतले कमी आएपछि मूल्य आकाशिएको हो ।
सर्वसाधारणको भान्सादेखि पाँचतारे होटलसम्म दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउलीलगायत तरकारीको मूल्य दशैंअघिको तुलनामा दोब्बरले बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका वरिष्ठ अधिकृत मनोज धितालले सामान्यतया काठमाडौंमा दैनिक सातसय मेट्रिक टन तरकारी आपूर्ति हुने गरेको बताए ।
यो खबर आजको नागरिक दैनिकमा छ ।