२१ कात्तिक , सिन्धुलीपाल्चोक – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मैदानमा उत्रिएका उम्मेदवार चुनावी घोषणपत्रविना नै घरदैलो कार्याक्रममा सक्रिय छन् ।
सत्तारुढ नेपाली कांग्रेसले औपचारिक रुपमा घोषणापत्र सार्वजनिक गरे पनि अन्य दलले भने घोषणपत्र सार्वजनिक गर्न सकिरहेका छैनन् । कांग्रेसले पनि आफ्ना उम्मेदवारलाई घोषणापत्र उपलब्ध गराउन सकेको छैन ।
टिसर्ट छपाई र भोजपतेरमा बढी ध्यान दिएका उम्मेदवारको झोला र गाडीमा समेत चुनावी घोषणापत्र फेला पार्न मुस्किल छ ।
सिन्धुलीपाल्चोक, जुगल गाउँपालिकाका रामबहादुर तामाङले पार्टीका घोषणापत्र पढ्न नपाएको गुनासो गरे ।
यो खबर आजको नागरिक दैनिकमा छ ।