सोनकलि थारु
१५ जेठ सुनवल नवलपरासी ।
दोस्रो चरणको चुनावका लागि आज सुनवल १ प्ुरानो नगरपलिका भवनमा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ ।निर्बाचन अधिकृत अर्जुनप्रसाद कोइरालाको अध्यक्षता,सुनवल नगरपलिकाका कार्यकारी अधिकृत जिवनाथ आर्याल,प्रहरी इन्सपेक्टर जेसी शाह, नेपाली काग्रेसका प्रतिनिधि गोबिन्द प्रसाद ढकाल,एमालेका ओमबहादुर पुन ,माओबदीका बिमल ढकाल,लोकतन्त्रिक फोरमका मन्नु ठाकुर नया शक्ति पार्टीका हर्कबहादुर गुरुंग,जनमोर्चाका जित बहादुर पौडेल,जनमुक्तिका यमबहादुर लम्तरी,राप्रपाका सजितानन्द गुप्ता, तमलोपाका परमानन्द गुप्ता,लगायातको सहभगिता रहेको थियो ।उक्त कार्यक्रममा निर्बाचन अधिकृत अर्जुन प्रसाद कोइरालाले निर्बाचन कार्यक्रम पढेर जानकारी गराउनुभएको थियो । सहायक निर्बाचन अधिकृत रामप्रसाद पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।
दोस्रो चरणको चुनाव हुने चार सय ६१ तहमध्ये चार सय २० तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भैरहेको र बाँकी तह जिल्ला सदरमुकाममा रहेकाले ४१ ठाउँमा मुख्य निर्वाचन अधिकृतले नै निर्वाचन अधिकृतको पनि भूमिका निर्वाह गर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले दोस्रो चरणको चुनावका लागि आउँदो २८, २९ र ३० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने तयारी गरेको छ ।यस्तै मतदाता शिक्षा प्रभावकारी बनाउन २७, २८ र २९ गते मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।उहाँले मतदाता परिचयपत्र लिन पुग्ने सबैलाई मतदान गर्ने तरिकाबारे सिकाइने बताउनुभयो । मतदातालाई जानकारी गराउन मतदान केन्द्रमा सक्कली मतपत्रसमेत अवलोकनका लागि राखिनेछ ।