सोनकलि थारु
१५ जेठ सुनवल नवलपरासी।
सेतो छडि र ब्रेल लिपि दृष्टि बिहिनको पहिचान,समाज परिवतनको लागि दृष्टि बिहिनको योगदान भन्ने मुल नाराका साथ अपागंहरुलाई शैक्षिक सामाग्री वितरण र र्बििवध सचेतना मुलक सास्कृतिक कार्यक्रम आज दाउन्ने पार्टी प्यालेस बर्दघाटमा सम्पन्न भएको छ । वाणगंगा दृष्टिबिहिन युवा क्लब कपिलबस्तुको आयोजना र नेवारीे खाजा घर एण्ड लज प्रायोजकको रुपमा रहको थियो । वाडगंगा दृष्टिबिहिन युवा क्लबका अध्यक्ष अनिल चौधरीको अध्यक्षता जनगायक प्रचण्ड बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो। कार्यक्रममा अतिथिहरुमा धिरज शर्मा, देवि पौडेल,दिपक खनाल, गौमाया गिरी लगाएतको उपस्थिती रहेकोे थियो । उक्त कार्यक्रममा आदर्श मा.वि लाई दृष्टिबिहिनको लागि ५ थान सिलेट ५ थान स्टालस ,५ थान सेतो छडि र शैक्षिक सामाग्री श्रोत शिक्षक अम्बिका प्रसाद पाण्डेलाई हस्तान्त्रण गरिएको छ । कार्यक्रममा कलाकारहरु श्रीनिवास चौधरी ,दिपक भण्डारी,र गितकार अर्जून को
बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा बोल्ने क्रममा वाणगंगा दृष्टिबिहिन युवा क्लबका अध्यक्ष अनिल चौधरीले दृष्टिबिहिन भएका कारणले सोचेजस्तो शौक्षिक उपलब्धी हासिल गर्न नसकेको र कसैले पनि आफुहरुका मर्मबुझि सहयोगाी हातहरु नपाएकाले अन्य दृष्टिबिहिनहरुका लागि शिक्षाको उज्यालोबाट बन्चीत नहुन भनी सो कार्यक्रमको संचालन गरिएको बताउनु भएको थियो भने कार्यक्रम संचालन नारायण भण्डारीले गर्नुभएको थियो ।