सोनकलि थारु
१६ जेठ सुनवल नवलपरासी ।
नेपाल सरकारद्धरा आगामी आव २०७४÷७५ को लागि १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट पास भएको छ ।हिजो सार्वजनिक भएको बजेटले स्थानीय तहका अधिकार र जिम्मेवारी सम्पादन गर्नको लागि आवश्यकता अनुसार बजेट बिनियोजन गरेको छ । सबै स्थानीय तहको लागि छुट्टाछुट्टै बजेट छुट्याइएको हो । अब गाउँपालिकाले १० देखि ३९ करोड रुपैयाँ केन्द्रबाट प्राप्त गर्नेछन् ।यस्तै नगरपालिकाले १५ देखि ४३ करोड रुपैयाँ तथा उपमहानगरपालिकाले ४० देखि ६३ करोड रुपैयाँसम्म प्राप्त गर्ने छन्यजेठस्तै महानगरपालिकाले ५६ करोडदेखि एक अर्ब २४ करोड रुपैयाँसम्म प्राप्त गर्ने छन् । यो सबै निसर्त प्राप्त गर्ने बजेट हो । स्थानीय तहले ससर्त थप अनुदान प्राप्त गर्ने छन् ।त्यसका लागि बजेटमा ७६ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरिएको छ । ससर्त गाउँपालिकाले एक करोड २० लाखदेखि १७ करोड २२ लाख रुपैयाँसम्म थप निकासा हुनेछ । नगरपालिकाका लागि ३ करोड ९५ लाखदेखि ३१ करोड २७ लाख विनियोजन गर्न सकिने छ ।
यस्तै उपमहानगरपालिकामा १४ करोड ८० लाखदेखि ३१ करोडसम्म र महानगरपालिकामा २८ करोड १२ लाखदेखि ७८ करोड ३९ लाख रुपैयाँसम्म थप निकासा हुने व्यवस्था बजेटमा छ । यस्तो ससर्त बजेट कार्यालय सञ्चालनका लागि खर्च गर्न सकिने छ ।बजेटमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाको स्तर अनुसार बजेटको व्यवस्था गरिएको छ ।
नेपाल सरकारले नवलपरासीका स्थानीय तहमा आर्थिक वर्ष २०७४÷७५ का लागि प्रदेश नं ५नवलपरासीका नगरपालिका तर्फ बर्दघाट नगरपालिकाको लागि रु ३९ करोड, ४४ लाख ९७ हजार ,रामग्राम नगरपालिकाको लगि ३८ करोड, ८२ लाख ८८ हजार,सुनवल नगरपलिकाका लागि ३९ करोड,४५ लाख ५० हजार गरी जम्मा १ अर्ब १७ करोड ७३ लाख ३५ हजार बजेट बिनियोजन गरेको छ । भने गाउँपालिका तर्फ सुस्ता गाउपलिकाको लागि २८ करोड ५९ लाख ९३ हजार,पाल्हीनन्दन गाउपलिकाको लागि २८ करोड ९८ लाख ९२ हजार, प्रतापपुर गाउपलिकाको लागि ३२ करोड ३२ लाख ५४ हजार र सरावल गाउपलिकाको लागि २७ करोड ४५ लाख २७ हजार गरी जम्मा १ अर्ब १७ करोड ३५ लाख ६६ हजार बजेट बिनियोजन गरेको छ ।
यसैगरी प्रदेश नं ४ नवलपरासीको कावासोती नगरपालिकाको लागि रु ४० करोड ८१ लाख ५६ हजार गैंडाकोट रु ३८ करोड ९१ लाख ५० हजार देवचुली रु ३१ करोड ५६ लाख ४३ हजार मध्यबिन्दु रु ४० करोड ८५ लाख ८३ हजार गरी जम्मा १ अर्ब ५२ करोड १५ लमख ३२ हजार बजेट बिनियोजन गरेको छ ।भने गाउँपालिका तर्फ बुलिडटार गाउँपालिकाका लागि रु २३ करोड ९६ लाख ८७ हजार बुडदीकाली रु २१ करोड ६५ लाख ४२ हजार विनयी रु ३१ करोड ३१ लाख ९१ हजार हुप्सेकोट रु २५ करोड ९० लाख ४६ हजार गरी जम्मा १ अर्ब २ करोड ८४ लाख ६६ हजार बजेट बिनियोजन गरेको छ ।