२६ कात्तिक , काठमाडौँ – निर्वाचनका लागि घोषणापत्रसहित चुनावी अभियानमा जुटेका दलहरु चुनावी एजेन्डाभन्दा पनि आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
मंसीर १० र २१ गते हुने निर्वाचनका लागि मुख्य शक्ति बाम गठबन्धन र नेपाली कांग्रेसबीचको आरोपप्रत्यारोप चुलिँदै गएको छ ।
कांग्रेसले आगामी निर्वाचनमा कम्युनिस्टले जिते रुन पनि नपाइने अधिनायवाद आउने भन्दै बाम गठबन्धनविरुद्ध खनिएको छ ।
वाम गठबन्धनले मुलुकमा वाम गठबन्धनको बहुमत आउने त्रासका कारण कांग्रेस आतिएको बताउँदै आएको छ ।
बाम गठबन्धन र कांग्रेसका शीर्ष नेता मतदातालाई आफूतिर तान्नका लागि गालीगलौजमा उत्रिएका छन् ।
यो खबर आजको नेपाल समाचारपत्रमा छ।