२६ कात्तिक , काठमाडौँ – वातावरण दिवस र कुनै अवसरमा मात्र नभई सधैँ घर, आँगन, टोल, छिमेक र सडक सफाइ हुनुपर्ने भन्दै जनचेतना जगाउने उद्देश्यले विद्यार्थीले पदयात्रा आयोजना गरेका छन् ।
काठमाडौँ विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले आज राजधानीको भद्रकालीदेखि माइतीघर मण्डलासम्म जनचेतनामूलक ¥याली गरे । ¥यालीमा विश्वविद्यालयका २०० भन्दा बढी विद्यार्थीको सहभागिता थियो ।
पदयात्रापछि परिषद्का विद्यार्थीले पशुपति क्षेत्रमा सफाइ गरेको अध्यक्ष सुन्दर लामाले जानकारी दिनुभयो । विश्वसम्पदा सूचीमा सूचीकृत धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रलाई सफाइ गर्ने अभियानअन्तर्गत आज पशुपतिमा सफाइ गरिएको परिषद्ले जनाएको छ ।
आगामी साता पनि जनचेतनामूलक अभियान र सांस्कृतिक सम्पदा सफाइको क्रमलाई निरन्तरता दिइने अध्यक्ष लामाले बताउनुभयो ।
विद्यार्थी चेतना र जागरणका संवाहक भएकाले यो अभियान शुरु गरिएको विद्यार्थीले जनाएका छन् ।
रासस