नन्दु यादव ,
जेठ२० बेलाटारी नवलपरासी ।
केही दिन यता नवलपरासीकाे सिमाक्षेत्र भुजहवा नाकाबाट नेपाली रक्सिकाे तस्करी बढेकाे छ।भारतमा रक्सिकाे मूल्य महङ्गो पर्ने भएकाेले नेपाल बाट रातिमा तस्करी बढेकाे स्राेतकाे दाबि छ।सिमा सग जाेडिएकाे भारतका विभिन्न ठाउमा रक्सि प्रहरीहरुकाे मिलाेमताेमा जाने गरेकाे छ।नेपालबाट सस्तो रु२५ मुल्यमा पाईने रक्सि भारतमा लगेर रु ४० देखि ५० भारतिय रुपैया मा बेचि बढि रकम कमाईरहेका छन ।भारतकाे निचलाैल ,महाराजगन्ज ,पर्तावल ,सिसवा ,गाेरखपुर लगायतका ठाउमा नेपाल काे रक्सि पुग्न थालेकाे छ।नेपालबाट उत्पादित हुने दादा, अाेठलालि,किसमिस,दिलखुस लगायतका नामका रक्सिहरु रातिकाे समयमा बाेरामा प्याक गरि साईकल र माेटरसाईकलमा लाेड गरि भारत लैजानेकाे गरेकाे बताईएकाे छ।प्राय सिमा क्षेत्र पकलिहवा,बसहिया,झुलनिपुर भुजहवा र महेशपुर लगायतका ठाउबाट दिनानुदिन तस्करी भईरहदा पनि स्थानिय प्रहरी बेखबर छ।