कावासोती ।।
नेपाल मगर लेखक संघ लुम्बीनी अञ्चल कार्य समीति तथा नेपाल मगरसंघको सयुतm अयोजनामा आज १५ दिने मगर भाषा ढुट प्रशिक्षण कार्यक्रम समापन गरीएको छ ।
नेपाल आदीबासी जनजाति महासंघ नवलपरासी जिल्ला अध्यक्ष कर्ण बाहादुर सुनारी मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथीमा मगर क्रीयशन काठमाण्डौका संचार प्रमुख श्याम राना मगर रहनुभएको थियो ।
यसैगरी नेपाल मगर संघ नवलपरासीका जिल्ला अध्यक्ष लुम बाहादुर खम्चा मगर, सचिव इन्द्र फाल मगर, नेपाल मगर लेखक संघ लुम्बिनी अञ्चल समितीका सल्लाहाकार कर्णेल धन बाहादुर मास्की राना मगर, नेपाल मगर संघ जिल्ला कोषाध्यक्ष देविसरा पुलामी मगर, नेपाल मगर विद्यार्थी नवलपरासी जिल्ला अध्यक्ष सहज राना मगर लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी कर्ण सुनारी मगरले मातृ भषा नै जातित्वको पहीचान भएकोले यसलाइ सरक्षण गर्नको लागी सबै जना एक हुुनुपर्ने बताउनुहुदै प्रशिक्षणमा सिकेका आफनो भाषालाइ व्यावहरीक रुपमा लागु गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट हुन सफल प्रशिक्षार्थीहरुलाइ पुरस्कार समेत प्रदान गरीएको थियो भने सम्पुर्ण प्रशिक्षर्थीहरुलाइ प्रमाण पत्र समेत वितरण गरीएको थियो ।
मगर क्रीएशन काठमाण्डौको आर्थिक सहयोगमा सचालित १५ दिने प्रशिक्षणमा ३८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो भने हेमा आलेले प्रशिक्षण दिनुभएको थियो ।
नेपाल मगर लेखक संघ लुम्बीनि अञ्चल समीतिका अध्यक्ष लिला मास्की रानाको अध्यक्षतामा भएको कार्यक्रको सचालन सहसचीव कमला राना मगरले गर्नुभएको थियो ।