१८ मंसिर , विराटनगर – नेकपा एमालेका मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार एवं पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले विराटनगरको वृहत्तर विकास गरी युवालाई रोजगारी उपलब्ध गराउने बताएका छन् ।
विराटनगर महानगरपालिका–९ मा आज आयोजित घरदैलो अभियानमा उनले अब बन्ने वाम गठबन्धन सरकारले युवालाई उनीहरुको क्षमताअनुसार रोजगारी उपलब्ध गराउने विश्वास दिलाए ।
नेता पण्डितले सामाजिक सुरक्षाको भत्ताको रकममा वृद्धि गरी रु पाँच हजार पुर्याउने दृढता व्यक्त गरे । सो अवसरमा प्रदेश ६९२० का एमालेका उम्मेदवार रमेशप्रसाद पोखरेलले प्रदेश नं १ को राजधानी विराटनगरलाई बनाउने बताए ।
घरदैलो अभियानमा स्थानीय जनताले बाटोको समस्या, खानेपानी, रोजगारी आदि समस्या नेता पण्डित र पोखरेललाई अवगत गराएका थिए ।
रासस