१९ मंसिर , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३८ पैसा र विक्रिदर २७ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २० पैसा र विक्रिदर २८ रुपैयाँ ३६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९६ पैसा र विक्रिदर २८ रुपैयाँ १२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ २८ पैसा र विक्रिदर २५ रुपैयाँ ४३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र विक्रिदर ९ रुपैयाँ ५२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ १८ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ १७ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ २७ पैसा र विक्रिदर २ सय ७३ रुपैयाँ ८६ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ ७० पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ३० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।