२२ मंसिर , काठमाडौं – काठमाडौं क्षेत्र नं. ७ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार रामविर मानन्धरले अग्रता कायम गरेका छन् ।
मानन्धरले ३ हजार ३ सय ६७ मत ल्याउँदा राप्रपाका उम्मेदवार विक्रमबहादुर थापाले १ हजार ८ सय ८२ मत ल्याएका छन् । त्यस्तै विवेकशील साझा पार्टीले १ हजार १ सय ५५ मत ल्याएको छ ।