गजल
सरकार अहिले पनि दाउमा चल्दैछ
विदेशीकै नीति अनि पाउमा चल्दैछ ।
देश कस्तो बन्नु पर्छ, नमुनाका लागि
मावबादीकाे जनसत्ता गाउँमा चल्दैछ ।
बाँच र बचाउमा हत्यारानै फरार गर्ने
कैलालीका जनताकाे घाउमा चल्दैछ ।
स्वास्थ्यमा खुब, प्रगति कहाँनेर भाे खै
परम्परा हाेकि त्याे रीत छाउमा चल्दैछ ।
विधि र नियम मिचि पछार्दै सिनियर नि
काे बन्ने उच्च मान्छे त्यो धाउमा चल्दैछ ।
जसलाई देशकाे एक रत्ति नि माया छैन
भाजपालाई माझी मानि नाउमा चल्दैछ ।
प्रजातन्त्र,लाेकतन्त्र,हुदाहुदै गणतन्त्र
छाेरालाई दबाएर देश बाउमा चल्दैछ ।
ढुलमुले नीति अनि परतन्त्र भएरै हाेला
कस्लै कति विकास गर्ने भाउमा चल्दैछ ।
राजतन्त्रकाे हिमायती गाईलाई समेटेर
सत्ता अाखिर अहिले माउमा चल्दैछ ।
घरि,घरि चुनाव यस्तै गर्दै सारेपछि
सचेत है नेता जि देश राउमा चल्दैछ ।
राष्ट्र कसरी बनाउने भन्नै साेचले नभै
मिल, अनि गाेप्यमा खाउमा चल्दैछ ।
गणेश भण्डारी स्मारिका
वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत
हाल गर्भाकाेट नगरपालिका १०