अषाढ १, सामाजिक स्वास्थ बीमा कार्यक्रममा सहभागी बनौं
आफ्नो र परीवारको उपचारका लागि ढुक्क होऔं भन्ने मुल नाराका साथ आज चितवनमा पनि स्वास्थ बिमा कार्यक्रमका लागी नाम दर्ता अभियान शुरु गरीएको छ । नेपाल सरकार सामाजिक स्वास्थ सुरक्षा विकाश समिति चितवनको आयोजनामा भरतपुर अस्पतालको प्रागडमा भएको कार्यक्रम चितवन जिल्ला सामाजिक स्वास्थ सुरक्षा विकाश समितिका सम्वन्धित ब्यक्तिका रुपमा जिल्ला जनस्वास्थ कार्यालय भरतपुरका जनस्वास्थ निरीक्षक अनुप अधिकारीले संचालन गर्नुभएको थियो । अधिकारीले राष्ट्रिय स्वास्थ बिमा नीति २०७१ ले कार्यक्रमको दिर्घकालिन लक्ष्य र मुख्य उद्देश्यमा निर्धारण गरेको छ नेपाली नागरिकको समग्र स्वास्थ स्थितिमा सुधार गर्ने दिर्घकालिन लक्ष्य लिएको छ । गुणस्तरीय स्वास्थ सेवा सेवाको पहुच र उपयोगितामा सुधार ल्याई सामाजिक स्वास्थ बीमाको आधारमा सबैका लायी स्वास्थ सेबा सुनिश्चित गर्नु यस नीतिको प्रमुख उद्देश्य रहेको छ । स्वास्थ सेबा क्षेत्रमा पुर्व भुक्तानीर जोखिम न्युनिकरणको ब्यवस्था गरेर सबएसाधारणका लागि थप बितिीय संरक्षण प्रदान गर्ने , बितीय साधनको समतामुलक परिचालन गर्ने र स्वास्थ सेवा प्रवाहका क्रममा सेवाको गुणस्तर, प्रभावकारिता , दक्षता र जवाफदेहितमा सुधार ल्याउनु नै कार्यक्रमको उद्देश्य रहेको वताउनु भयो ।
उक्त कार्यक्रमका चितवन जिल्ला सामाजिक स्वास्थ सुरक्षा विकाश समितिका अध्यक्ष एव स्थानिय बिकाश अधिकारी कृष्ण प्रसाद सुबेदी रहनुभएको थियो । बिशिष्ट अतिथी निमीत्त प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा रहनु भएको थियो ।उक्त कार्यक्रममा माननिय सभासद कृष्ण भक्त पोख्रल रामकृष्ण धिमीरे, बिष्णु माय परीयार ले सम्वोधन गर्नु भएको थियो भने नेपाल सरकार सामाजिक स्वास्थ सुरक्षा विकाश समिति केन्द्रीय कार्यलय बाट डा. भुवन पौडेलले स्वास्थ बिमाको मोडालिटी अवस्था र संचालन भएका जिल्लाको हाल सम्मको अवस्था बारे जानकारी गराउनु भएको थियो । हाल लागु भएका जिल्लामा २५ प्रतिशत रकम दाबि गरीएको बताउनु भयो ।
रेडियो नारायणी १०५.२ मेघाहर्जका स्टेशन प्रमुख रबिन्द्र अधिकारी स्वास्थ बिमा कार्यक्रमको सदस्यता ग्रहण गर्दै ।
माननिय सभासदहरुले नेपाल सरकारले स्वास्थमा सबैको पहुच पु्याउन स्वास्थ बिमा आबश्यक भएकोले सम्पुर्ण नागरीकलाई यस कार्यक्रममा सहभागी हुन आब्हान गर्नु भएको थियो सभासद कृष्ण भक्त पोख्रेल र रामकृष्ण धिमीरेले आफु पनि सदस्य भएर एक आफसमा सदश्यता साटासाट गर्नु भएको थियो । यस स्वास्थ बिमा कार्यक्रम यस आर्थिक वर्षमा १५ वटा जिल्ला समेटीने जानकारी दिनुभयो । स्वास्थ्य बिमा कार्यक्रमबाट चितवनमा भरतपुर अस्पताल,चितवन मेडिकल कलेज,खैरहनी,जुटपानी र शिबनगरका स्वास्थ्य केन्द्र बाट सेवा पाउन सकिने छ । त्यस्तै क्यान्सर अस्पताल कृष्णपुर र भरतपुर आंखा अस्पतालबाट भने रिफरल सेन्टरको रुपमा सेवा पाउने व्यवस्था मिलाईएको छ ।थोरै लगानी मा धेरै रोगको ५ जना सम्मको परीवारको उपचारको लागी बार्षिक रु २५०० भुक्तानी गरेर ५०,०००। सम्मको रकमको स्वास्थ बिमा दाबी गर्न सकिने छ । ५ जना भन्दा माथीको परीवारले प्रति सदश्य रु ४२५। थप गरी सदस्यता आवेदन गर्न सक्नेछन ।पहिलो चरणमा जिल्लाका १ सय ३५ जना दर्ता सहयोगी मार्फत सदस्यता दर्ता गराउने कार्य भैरहेको छ । यस कार्यक्रम चितवन जिल्ला लागु अषाढ १ देखी फारम दर्ता गरीएको हो भने यस अधि कैलाली,बागलुङ र इलाम बाट शुरु गरीएको हो । कार्यक्रम स्थलमा ७ जनाले नाम दर्ता फारम भर्नुभएको थियो ।
सामाजिक स्वास्थ सुरक्षा विकाश समिति चितवनका संयोजक एवम स्थानिय बिकाश अधिकारी कृष्ण प्रसाद सुबेदी कार्यक्रम समापन मन्तब्य दिदै
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरंग सेवा, प्रयोगशाला, एक्सरे, ईलेक्ट्रो कार्डियोग्राफी, डे«सिङ, घाउ चिरफार, साधारण चिरफार, टाका लगाउने, अल्ट्रासाउण्ड, ईन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन् स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सिमासम्म निःशुल्क उपचार हुन्छ ।
त्यस्तै, मधुमेह, आँखा उपचार, अक्सिजन सेवा, प्रसुती, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्सी सेवा, औषधी, प्रेषण, दन्त उपचार सेवा, स्वास्थ्य जोखिम परीक्षण, क्यान्सर, मुटुरोग, मृगौला, स्पाईनल तथा हाड ईन्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन, दम, अल्जाईमर तथा डिमेन्सिया रोगको पनि निःशुल्क उपचार हुन्छ ।
#Radio Narayani