दुई नम्बर प्रदेश बाहेक एक,पाँच र सात नम्बर प्रदेशमा भने असार १४ गते नै निर्वाचन हुनेछ ।
आषाढ १| अन्तत प्रमुख राजनीतिक दलको बैठकले आगामी असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो तहको निर्वाचन दुई नम्बर प्रदेशमा स्थगित गर्ने निर्णय गरेको छ । अब राष्ट्रिय जनता पार्टीलाई समेत सहभागी गराई तेस्रो चरणको निर्वाचनमा दुइ नम्बर प्रदेशको निर्वाचन हुनेछ| आज सिंहदरवारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस,एमाले र माओवादी केन्द्रका नेताहरुले दुई नम्बर प्रदेशमा हुन सक्ने हिंसात्मक गतिबिधिलाई मध्यनजर गरी निर्वाचन सार्ने निर्णय गरेका हुन । पुरै बन्द हड्ताल गरी निर्वाचन बिथोल्ने आन्दोलन राजपाले गर्न थालेपछि उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिन बिहिबार दुई नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णय गरिएको छ । दुई नम्बर प्रदेश बाहेक अन्य प्रदेशको निर्वाचन असार १४ गते नै हुनेछ बैठकमा सहभागी गृहमन्त्री जनाद्र्धन शर्माले बताउनु भयो । दुई नम्बर प्रदेश बाहेक एक,पाँच र सात नम्बर प्रदेशमा भने असार १४ गते नै निर्वाचन हुनेछ । २ नं प्रदेशको निर्वाचन सारीनुले राजपा २ नं मा मात्र पहुच भएको बुझिन आएको छ । यसरी स्थानिय तहको निर्वाचन पटक पटक सारीदा पनि राजपा निर्वाचनमा आउने कुनै छाटकाट भने देखीदैन । स्थगित गरीए पनि दुई नम्बर प्रदेशको निर्वाचन कहिले गर्ने भन्ने मिति भने तोकिएको छैन । यहि बिषयमा सरकार र निर्वाचन आयोग वीच अपरान्ह ३ बजे बैठक हुँदैछ । उक्त बैठकले तय गर्नेछ राजपा निर्वाचनमा आउछन या आउदैनन |