२७ मंसिर , स्याङ्जा – सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट पराजित भएका छन् । श्रेष्ठ एमालेकी पद्मा अर्यालसँग पराजित भएका हुन् ।
बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार, निर्वाचित अर्यालले ३५ हजार १ सय ४२ मत ल्याएकी छन् भने श्रेष्ठले ३१ हजार ४ सय ३६ मतमा रोकिएर पराजित भए ।