०७ पौष , काठमाडौँ – नेकपा (एमाले)को स्थायी कमिटी बैठक चुनावपछि पहिलोपटक आज बस्दैछ। बर्दिया–१ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा बैठक आह्वान गरिएको हो ।गौतम आफू पराजित हुनुमा पार्टीको आन्तरिक घात भएको गुनासो गरिरहेका बेला स्थायी कमिटीको बैठक उनकै निवासमा बोलाइएको छ।
बैठकको कार्यसूची सार्वजनिक नगरिएको भए पनि नेकपा एमाले– नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकीकरण, निर्वाचन परिणामबारेको समीक्षा, सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको राष्ट्रियसभा गठन अध्यादेश लगायतका विषयमा छलफल हुने एक नेताले बताउनुभयो ।
पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले समसामयिक राजनीतिक विषय र अहिले देखिएका समस्याका बारेमा बैठकमा छलफल हुनेछ ।
माओवादी केन्द्रसँग पार्टी एकताका लागि गठन गरिएको पार्टी एकता संयोजन समितिको बैठक चलिरहेका बेला बस्न लागेको एमाले स्थायी कमिटी बैठकबाट ठोस निर्णय आउने विश्वास एमाले नेताको छ ।
यो खबर आजको गोरखापत्रमा छ ।