१२ पौष , काठमाडौँ – त्रिभुवन विमानस्थलबाट २० पुस २०७३ मा भएको ३३ केजी सुन तस्करीमा संलग्न आरोपीहरूले हालेको बन्दी–प्रत्यक्षीकरण रिट खारेज भएको छ ।
आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै भन्सारका कर्मचारी श्रीनारायण यादव, सुन कारोबारी रामहरि कार्की, तस्करीको सुन व्यवस्था मिलाएको अभियोग लागेका दिलबन्धु थापा, कारोबारी सन्तोष काफ्ले तथा एक्स रेमा बस्ने भन्सार कर्मचारी राजकुमार ढकालले सर्वोच्च अदालतमा बन्दी–प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
सुन तस्करीमा संलग्नलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षमा थुनामा राख्न दिएको आदेश कानुनबमोजिम भएको ठहर गरेको छ । प्रहरीले सुन तस्करीमा संलग्न भनी अनुसन्धानपश्चात् अदालतमा मुद्दा दायर गरेपछि जिल्ला अदालतले संलग्न सबैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
यो खबर आजको नयाँ पत्रिकामा छ ।