१९ माघ , काठमाडौँ – दुईदिने भ्रमणमा नेपाल आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले एमाले अध्यक्ष केपी ओलीसँग पौने एक घन्टा एक्ला एक्लै वार्ता गरेकी छिन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रूपमा आएकी स्वराजले त्यसक्रममा भारत एमालेसँग नयाँ ढंगले सम्बन्ध सुधार गर्न चाहेको संकेत गरेकी छिन् ।
होटल सोल्टी क्राउन प्लाजामा साँझ पौने ७ बाट सुरु भएको वार्ता पौने घन्टा चलेको थियो । ‘एक्ला एक्लै’ भेटवार्तापछि डिनर छलफल भएको थियो ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।