टंक सुनार
रुपन्देही,असार १० । देवदहमा क्रियाशिल राजनैतिक दलका उमेदवारहरुले प्रमुख चुनावी एजेण्डाको रुपमा अब्यवस्थीत बसोबासलाई बनाएका छन । अब्यवस्थीत बसोबास बाहेक, कृर्षि आधुनिकीकरण, महिला सशक्तिकरण, ऐतिहासिक तथा पुरातात्वीक महत्वका स्थानहरुको उत्खनन तथा प्रचारप्रसार पनि चुनावी एजेण्डा बनेको छ । उपमेयरमा माओवादी एमाले जनमुक्ति लगाएत दलले महिला उमेदवार उठाएका कारण महिलाको पहुँच , युवा स्वरोजगारलाई उपमेयर प्रमुख रुपमा उठाएका छन । काग्रेसको तर्फबाट मेयर पदका उमेदवार हिरा बहादुर खत्रीले कृर्षि आधुनिकिकरणलाई जोडदार रुपमा उठान गरेका छन । उनले कृर्षि पेशामा युवाहरुको आर्कषण बढाउन आधुनिक कृर्षिमा जोड दिएका छन ।
कृषकलाई आवश्यक प्राविधिक तालिम, कृर्षि औजार निशुलक उपलब्ध गराउने र सहुलिएत ब्याजदरमा ऋण उपलब्ध गराउने खत्रीको योजना छ । युवाहरुलाई सकेसम्म स्वदेशमै राख्नुपर्छ भन्ने मान्यता राख्ने खत्री स्वयम कृर्षि पशुपालन र दुग्ध उत्पादन गर्ने कृषक हुन । एमालेको तर्फबाट मेयर पदका उमेदवार टिकाराम चापागाइले पर्यटकिय क्षेत्र निर्माणलाई प्रमुख रुपमा उठान गरेका छन । उनले देवदहमा पर्यटन विकाशको संम्भावना भएको भन्दै देवदहका ऐतिहासिक क्षेत्रहरुको उत्खनन तथा प्रचार प्रसारमा जोड दिएका छन ।
माओवादीको तर्फबाट उपमेयरकी उमेदवार टिका गौतमले महिला सशक्तिकरण र युवा स्वरोजगारलाई प्रमुख रुपमा उठान गरेकी छन । उनले देवदहमा रहेका युवाहरुलाई स्वरोजगार बनाउनका लागि विभिन्न तालिम तथा औद्योगीक करीडोर निर्माण गर्ने बताइकी छन । महिलालाई आरक्षण भन्दा पनि प्रतिस्पर्धी क्षमता विकास निर्माण गर्नु पर्ने उनको जोड छ । एमालेको तर्फबाट उपमेयरकी उमेदवार विद्यालक्ष्मी गुरुङ्गले जनजाती महिलाको पहुँचलाई प्रमुख रुपमा उठान गरेको छ । उनले महिलाहरुको राज्यका निकायहरुमा पहुँच हुनुपर्नेमा जोड दिएकी छन । देवदह रुपन्देहीको प्रमुख ब्यापारीक केन्द्र बुटवल संग जोडिएको क्षेत्र हो । अधिकांश जग्गाधनिपुर्जा नभएको जमिनमा बसोबास रहेको यस क्षेत्रमा लालपुर्जा वितरणलाई उमेदवारहरुदे चुनाव जित्ने तुरुपको रुपमा प्रयोग गरेका छन ।