Usnepalinews,
१० असार दाङ । दाङका मुख्य निर्वाचन अधिकृत चुडामण खडकाले स्थानिय तहको निर्वाचन निष्पक्ष भयरहित र विश्वसनिय वनाउन निर्वाचन आयोग कटिवद्धरहेको वताएकाछन । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक दाङको आयोजनामा शनिवार आयोजित पर्यवेक्षकहरुका लागि निर्वाचन पर्यवेक्षक प्रशिक्षण उद्धघाटनशत्रमा दाङ देउखरी जिल्ला अदालतका न्यायधिस तथा दाङका मुख्य निर्वाचन अधिकृत चुडामण खडकाले त्यस्तोकुरा वताएकाहुन । निर्वाचन आयोग उम्मेद्धारले भन्दापनि मतदाताले जित्ने निर्वाचनको पक्षमा रहने भन्दै लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनको पर्यवेक्षक गरी निर्वाचनलाई भयरहित निष्पक्ष र विश्वसनिय वनाउन नियोक को पर्यवेक्षणले थपसहयोग पुग्नेमा आफु विश्वसत रहेको वताए । कार्यक्रममा नियोकदाङमा रहि उत्कृष्ट कार्यगरेको भन्दै ५जनालाई कदरपत्रले सम्मान गरिएको थियो । नियोक दाङका शंस्थापक सभापति विनोदकुमार श्रेष्ठ, महासचिव शुसिल न्यौपाने , कोषाध्यक्ष भरतराज शर्मा, नियोकका कानुनि शल्हाकार मोहन धिताल ,र संस्थापक सचिव मधुसुदन केसीलाई सम्मान गरिएको हो । नियोक दाङका अधयक्ष मधुसुदन केसीको सभापतित्व एवं दाङ देउखरी जिल्ला अदालतका न्यायधिस तथा दाङका मुख्य निर्वाचन अधिकृत चुडामण खडकाको प्रमुख आतिथ्यतामा पर्यवेक्षक प्रशिक्षण कार्यक्रम भएको हो । नियोक दाङका उपाध्यक्ष विवेक खडकाको स्वागत मन्तव्य वाट शुरुभएको कार्यक्रमको सहजीकरण महासचिव टेकन प्रशाद कंडेलले गरेकाथिए । सहभागि दुईदर्जन निर्वाचन पर्यवेक्षकको सहभागिता रहेको प्रशिक्षणमा कानुनि शल्हाकार मोहनकुमार धिताल प्रध्यापक युवाराज राजरावत अधिवक्ता रेश्म राज गिरी, नियोक दाङका शंस्थापक अध्यक्ष विनोकुमार श्रेष्ठ प्रशिक्षक रहेकाछन