नेपालमा करिव दुईतिहाइ बहुमत नजिकको बामपन्थी सरकारलाई उच्च महत्व दिँदै भारतले प्रधानमन्त्री केपी ओलीलाई चैत तेस्रो साता दिल्लीमा स्वागत गर्दै छ ।
विगतमा मधेसको सिमांकनको माग सम्बोधन हुनुपर्ने अडान राख्दै आएको दिल्लीले अहिले धारणा बदलेको छ । उसले सबै पक्ष सहभागी भएको निर्वाचन म्यानडेटको स्वागत गर्दै नेपालको विकास र राजनीतिक स्थायीत्वमा सघाउने बताएको छ ।
नयाँ सरकारसंग सम्बन्ध विस्तार भारतको उच्चतम प्राथमिकताको विषय बनेको छ । भारतका विदेश राज्यमन्त्री जरल भिके सिंह, विदेश मन्त्रालयका प्रवक्ता रविकुमार र भारतका नेपाल र भुटान डेस्क हेर्ने डिभिजनका सह सचिव सुधाकर दलेलाले भारतीय प्राथमिकता र चासोवारे नेपाली सञ्चारकर्मी सामु परिवर्तित धारणा सुनाए । आजको नयाँ पत्रिकामा यो खबर छ ।