दाङ ११ असार । जिल्ला कृषि विकास कार्याल दाङले असार १५मा प्रत्यक वर्ष मनाउँदै आएको राष्ट्रिय धानदिवसको कार्यक्रम यो वर्ष प्रभावित हुनेभएको छ ।असारमा १५मा कृषिविकास कार्यालयको प्रमुख सक्रियतामा सक्षम किसानको जग्गामा गरिने धानको व्युरोपरेर मनाईने धान दिवस यो वर्ष कर्मचरी अभावमा सक्रिय रुपमा गर्न नसकीने जिल्ला कृषिविकास कार्यालय दाङले जनाएको छ । कृषि विकास कार्यालय दाङमा कार्यरत ४३सरकारी कर्मचारी मध्य ४०जना कर्मचारी २०७४असार १४को स्थानिय निर्वाचनमा खटिएकाले सक्रिय रुपमा राष्ट्रियधान दिवस मनाउन कार्यालय असमथर््ा रहेको कार्यालयका वरिष्ठ कृषि प्रसार अधिकृत दिपक कुमार शर्माले जानकारी दिए । असार १५मा धानखेतिको सुरुवात गरी धान उत्पादन वृद्धिमा किसानहरुलाई हौसला प्रदान गर्न गरिने राष्ट्रिय धानदिवस यो वर्ष ढिकपुर शहकारीको समन्वयमा मनाउने मोटामोटि तयारीभएको जिल्ला कृषिविकास कार्यालय दाङले जनाएको छ ।