धनुषामा एक १३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्दै भिडियो खिच्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले शहीदनगर नगरपालिका–८ बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दिपेश बिराजीलाई प्रहरीले पक्रउ गरि कार्वाही थालेको यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाले जानकारी दिएका छन् ।
।
राति घरमा कोही नभएको मौका छोपी बालिकालाई हात–मुख बाँधेर अपहरण शैलीमा घर भन्दा एक किलोमिटर पर खेतमा लगेर पालैपालो बलात्कार गर्दै भिडियो समेत खिचेको पीडित बालिकाले बताएकी छिन् ।
बलात्कारपछि सो घटनाको भिडियो समेत खिचेर कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको प्रहरीले जनाएको छ । बालिका बलात्कार गर्ने दुवै जनालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो समाचार न्युज २४ न्युजबाट लिईएको हो ।