सुरुवाती चरणबाटै अग्रता कायम गरेको नेकपा एमालेले दाङका दुई उपमहानगरपालिकामा मतान्तर फराकिलो पार्दै लगेको छ ।
घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले २ हजार ३ सय २ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका कांग्रेसका भुपवहादुर डाँगीको मत १ हजार ५ सय ७१ छ । माओवादीका जीवन गौतम ८ सय ७६ मतका साथ तेस्रो स्थानमा छन् । यस्तै उपमेयरमा एमालेका सीता न्यौपानेले २हजार १ सय ७१ मतका साथ अग्रता कायम राखेकी छन् भने कांग्रेसकी पुष्पा श्रेष्ठ १ हजार ६ सय ३० मतका साथ दोस्रो र माओवादी केन्द्र की सीता चौधर १ हजार ५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।
यसैगरि तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेकै घनश्याम पाण्डेले दुई हजार ४ सय ७३ मत साथ अग्रता कायमै राखेकमा छन् । २ हजार १९मतका साथ कांग्रेसका गेहेन्द्र गिरी दोस्रो स्थानमा छन् भने माओवादीका शेषुराम भण्डारीले ४सय २५ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेकी मायाँ आचार्यले २ हजार ३ सय ५७ मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् भने कांग्रेसका देबकी नेपालीले २ हजार १ सय २४ र माओवादीकी सीता ओलीले ४सय २९ मत प्राप्त गरेकी छन् ।
उता लमही नगरपालिकामा भने कांग्रेसले अग्रता लिएको छ । मेयरमा कांग्रेसका मेयर उम्मेदवार जोगराज चौधरीले ५ सय १६ मतका साथ अग्रता कायम राखेका छन् भने एमालेका मेयर उम्मेदवार कुलवहादुर केसी ४ सय २१ मतका साथ दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका द्रोपदा पौडेलले २ सय ७० मत ल्याएकी छन् । यस्तै उपमेयरमा कांग्रेसकी देबका बेलबासेले ५ सय २१ मतका साथ अग्रता लिएकी छन् भने उपमेयरमा मिना गुरुङ ३ सय ९५ मतका साथ दोस्रो स्थानमा र माओवादीका कालुराम चौधरीले २ सय ८६ मत पाएका छन् ।
यसैगरि अहिले मतगणना भैरहेका ६ गाउँपालिका मध्य ४ मा माओवादीले अग्रता लिएको छ भने एमालेलदुई गाउँपालिकामा अग्रता लिएको छ । गाउँपालिकामा कांग्रेसको अग्रता अहिले शुन्य बनेको छ ।
माओवादीले राजपुर, राप्ती,बंगलाचुली र शान्तिनगर गाउँपालिकामा अग्रता लिएको छ भने एमालेले दंगिशरण र गढवा गाउँपालिकामा अग्रता लिएको छ । दाङको बबई गाउँपालिकामा भने फर्जी मतको बिषयमा बिबाद हुँदा गणना सुरु हुन सकेको छैन