सोनकलि थारु
२१ अषाढ सुनवल नवलपरासी
निर्वाचन अयोग निर्बाचन अधिकृतको कार्यालय सुनवल नवलपरासीले सुनवल नगरपलिकाका निर्बाचित पदाधिकारीहरुको प्रमाणपत्र बितरण एवम सपथ ग्रहण समारोह सुनवलस्थित लोटस रिसोर्टमा सम्पन्न गरेको छ ।सुनवल नगरपलिकाको कार्यालयको ब्यावस्थापन रहेको कार्यक्रमको अध्यक्षता निर्बाचन अधिकृत अर्जुन प्रसाद कोइरालाको रहेको थियो । भने प्रमुख अतिथिमा सभासद बैजनाथ चौधरी ,बिशेष अतिथिमा प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना , अतिथिहरुमा पुर्ब सभासद देबेन्द्रराज काडेल, सुनवल नगरपलिकाको नवनिर्बाचित मेयर भिमबहादुर थापा ,उपप्रमुख दधिराम आर्याल निकटटम ,प्रतिद्धन्दि बिमला आर्याल ,डोलराज भण्डरी ,,स्थानिय बिकास अधिकारी युवराज कटटेल,सुनवल नगरपलिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठ लगायातको सुनवल नगरपलिकाबाट निर्बाचित वडा अध्यक्ष ,सदस्यहरु ,बिभिन्न राजनितिक दलका प्रमुख र प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । स्वागत मन्तब्य निर्बाचन कार्यालयको तर्फबाट सुनवल नगरपलिकाका लेखा अधिकृत जिवनाथ आर्यालको रहेको थियो भने निर्बाचन अधिकृत अर्जुन प्रसाद कोइरालाद्धरा बिजयीहरुलाइ प्रमाणपत्र हस्तन्तरण गरिएको थियो । मेयर उपमेयर तथा वडा अध्यक्षहरुलाइ निर्बाचन अधिकृतले सपथ ग्रहण गराउनु भएको थियो भने अन्य सदस्यहरुलाइ नगरप्रमुख भिमबहादुर थापाले पथ ग्रहण गराउनुभएको थियो ।
सम्पुर्ण वडाअध्यक्षहरुको तर्फबाट वडा नं ९ का वडा अध्यक्ष कन्हैया थारुले मन्तब्य राख्नुभएको थियो । यस्तै मन्तब्य राख्नेहरुमा उपप्रमुख दधिराम आर्याल, प्रमुख अतिथि बैजनाथ चौधरी लगायात रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बैजनाथ चौधरीले नया जिम्मेबारी काधमा आइपरेको छ त्यसलाइ कुसलतापुर्बक सम्पन्न गर्नुपर्ने बताउदै अहिलेको संबिधानले धेरै जिम्मेबारी सुम्पेको छ त्यो पुरा गर्न उत्साहका साथ लग्नुहुनेछ भन्दै सबिंधान कार्यन्वयन गर्ने सवालमा सबै मिलेर निर्बाचितलाइ स्थानिय ऐनअनुसार काम गर्दै जादा केन्द्रले गर्ने सहयोगमा कुनै कसुर बाकी नरहने बताउदै दल र पर्टीलाइ बिर्सेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सोही कार्याक्रममा बोल्दै सुनवल नगरपलिकाका नवनिर्बाचित मेयर भिमबहादुर थापाले सुनवल नगरको समग्र बिकासका लागि सक्षम प्रणाली, सुदृढ ब्यावस्थापन र बिकासको अवधारण अपनाइने भन्नुभयो ।यस्तै सुसासान जवाफदेहिता र पारदर्शिताको सिमित स्रोत साधानको जवाफदेहिपुर्ण प्रभावकारी उपयोग गरिने भएको छ । जनता नै मालिक हुन भन्ने अनुभुति हुने गरी जनताको घरदैलोमा सेवा दिने बताउनुभएको छ ।
नव निर्वाचित नगर प्रमुखले आईतवारबाट पदभार ग्रहण गर्नु हुने बताईएको छ । उद्योग वाण्ज्यि संघ नवलपरासीका अध्यक्ष समेत रहेका नवनिर्वाचित मेयर भिम बहादुर थापाले आफनो कार्यकाल भरि नै सरकारी सुविधा नदिने घोषणा गर्नु भएको छ ।