गजल
सरकार अहिले पनि दाउमा चल्दैछ ।
विदेशीकै निति अनि पाउमा चल्दैछ ।।
देश कस्तो बन्नु पर्छ, नमुनाका लागि ।
मावबादीकाे जनसत्ता गाउँमा चल्दैछ ।।
बाँच र बचाउमा हत्यारानै फरार गर्ने ।
कैलालीका जनताकाे घाउमा चल्दैछ ।।
चेतनामा खुब, प्रगति कहाँ भाे खै कुन्नि ।
परम्परा हाेकि त्याे रीत छाउमा चल्दैछ ।।
विधि र नियम मिचि पछार्दै सिनियर नि ।
काे बन्ने उच्च मान्छे त्यो धाउमा चल्दैछ ।।
जसलाई देशकाे एक रत्ति नि माया छैन ।
भाजपालाई माझी मानि नाउमा चल्दैछ ।।
प्रजातन्त्र,लाेकतन्त्र,हुदाहुदै गणतन्त्र ।
छाेरालाई दबाएर देश बाउमा चल्दैछ ।।
ढुलमुले नीति अनि परतन्त्र भएरै हाेला।
कस्लै कति विकास गर्ने भाउमा चल्दैछ ।।
राजतन्त्रकाे हिमायती गाईलाई समेटेर ।
सत्ता अाखिर अहिले माउमा चल्दैछ ।।
घरि,घरि चुनाव यस्तै गर्दै सारेपछि ।
सचेत है नेता जि देश राउमा चल्दैछ ।।
राष्ट्र कसरी बनाउने भन्नै साेचले नभै ।
मिल, अनि गाेप्यमा खाउमा चल्दैछ ।।
गणेश भण्डारी स्मारिका
वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत