समाचारदाता,
दाङ २३ असार । दाङमा जिल्ला समन्वय समिति गठन र स्थानीय तहका कार्यपालिका गठनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच तालमेल गर्ने सहमति भएको छ । दुइ दलको शुक्रवार बसेको बैठकले गरेको सहमति अनुसार जिल्ला समन्वय समितिको प्रमुख एमालेले पाउने छ भने उपप्रमुख माओवादीले पाउने छ । सात सदस्य रहने यो समितिमा चार जना एमाले र तीन जना माओवादीले पाउने भएको छ । सहमति अनुसार गढवा गाउँपालिकामा दलित वा अल्पसंख्यकबाट दुबै पार्टीले एकरएक, निर्वा्चित महिलाबाट दुईरदुई र न्यायिक समितिमा दुबै पार्टीबाट एकरएक जना रहने छन् ।
त्यस्तै राजपुर गाउँपालिकामा दलित वा अल्पसंख्यकबाट एक जना, बंगलाचुलीमा न्यायिक समितिमा एकरएक जना र तुलसीपुर उपमहानगरपालिकामा दलित वा अल्पसंख्यकबाट माओवादीलाई एक जना दिने सहमति भएको छ । त्यस्तै दंगिशरण गाउँपालिकामा दलित वा अल्पसंख्यकबाट दुबै पार्टीबाट एकरएक जना, निर्वा्चित महिला सदस्यबाट दुईरदुई जना र न्यायिक समितिमा एकरएक जना राख्ने सहमति भएको नेकपा माओवादी केन्द्र दाङ जिल्ला निर्वाचन परिचालन समिति संयोजक निर्मल आचार्यले जानकारी दिनुभयो । शान्तिगरमा दलित वा अल्पसंख्यकबाट दुबै पार्टीका एकरएक जना, निर्वा्चित महिला सदस्यबाट दुईरदुई जना र न्यायिक समितिमा एकरएक जना राख्ने सहमति भएको छ । त्यस्तै बबइ गाउँपाकिलामा दलित वा अल्पसंख्यकबाट एक जना माओवादी केन्द्रलाई दिने सहमति भएको छ । एमाले दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा संयुक्त बैठक बसेको थियो । सहमतिपत्रमा एमाले दाङका इञ्चार्ज मेटमणि चौधरी, अध्यक्ष टीकाराम खड्का, उपसचिव सुरामणि बेलबासे, माओवादी केन्द्रका जिल्ला निर्वाचन परिचालन समिति संयोजक निर्मल आचार्य र पोलिटब्यूरो सदस्य हेमराज शर्माले हस्ताक्षर गर्नुभएको छ ।