सोनकलि थारु,
असार २५ ,सुनवल नवलपरासी । सुनवल नगरपालिकाले आयोजनामा आज स्वागत तथा पद बहाली कार्यक्रम समपन्न भएको छ ।स्थानिय तहको दोस्रो चरणको निर्बाचनबाट निर्बाचित हुनुभएका सुनवल नगरपलिकाको मेयर भिमबहादुर थापा भरतले आज सुनवल नगर कार्यपलिकामा पदभर ग्रहण गर्नुभएको छ । उहाले पदभार ग्रहण गर्दै बिभिन्न योजनाहरुलाइ प्रथमिकतामा राखेको बताउनुभएको छ । पदबहाली गरे लगत्तै सुनवल नगरपलिकाका प्रमुख भिमबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले नेपालको पहिलो बालमैत्री नगर सुनवल नगरपलिका भैसकेको र हाल नगरपलिकामा रामनगर गाबिसाको ३ वटा वडा गभिएकाले ती वडालाइ पनि पुर्ण बालमैत्री नगर बनाउने बताउनुभएको छ ।
यस्तै १ माहिनाभित्र सुनवल नगरपलिकाको १३ वटै वडामा वडा कार्यलयको स्थापना गर्ने,नगरपलिकाको अनुमतिबिना नक्सा पास ,जग्गा प्लाटिंग गर्न नपाइने ,सुत्केरीको ३५दिनभित्र नाम दर्ता गरेमा रु २ हजार पोषण भत्ता उपलब्ध गराउने प्रतिबद्दता गर्नुभएको छ । जेष्ठ नागरिकको निशुल्क उपचार र स्वास्थ्य बिमा गर्नसमिति गठन भएको छ ।यसैगरी अब्यवस्थित बसोबास,रोकिएको जग्गाधनी प्रमाणपुर्जाको सम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरिएको छ । यस्तै आफुले पाउने सरकारी सेवा सुबिधा बापतको कुनै पनि रकम नलिने र उक्त रकमको छुटटै कोष खडा गरी नगरभित्रका अशक्त आपंग बृद्धबृद्धा तथा अािर्थक स्थिती कमजोर भइ शिक्षा आजर्न गर्न नसक्ने बालबलिकाहरुका निमित्त खर्च गरिने बताउनुभयो ।साथै निर्बाचनमा शन्तिपुर्ण बाताबरणमा मतदान गरी निर्बाचित गराउने सबैलाइ धन्याबाद र अभार प्रकट गर्नुभएको छ ।