चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले आफ्नो कार्यकालमा बक्स अफिस सिस्टम जसरी पनि लागू गराएरै छाड्ने जनाएकी छिन् । उनले केहि हल संचालकहरुले आनाकानी गर्दा निर्धारित समयमा बक्स अफिस सुचारु हुन नसकेको बताएकी छन् ।
हल संचालकहरुको सहमतिमा बैशाख १ गते नै बक्स अफिस जोडिने सेड्युल थियो । ३,३ पटकसम्म अफिसियल पत्राचार गर्दा पनि केहि हलहरुले अटेरी गरेपछि, बोर्ड कानुनी रुपमा अगाडी बढ्न बाध्य भएको जनाउँदै निकिताले आफु कसैप्रति पूर्वाग्रह नभएको र बक्स अफिस स्वयं चलचित्र निर्माताहरुकै माग भएको कारण यसको बीरोधमा नलाग्न आग्रह गरेकी छन् । पौडेलले आफुले गर्न लागेको सुधारयुक्त कदमको बिरोधमा केही त्यस्ता ब्यक्ती तथा पत्रकारहरु लागेकोमा खेद ब्यक्त गरेकी छन् ।
उनले चुरो कुरा बुझेर मात्र त्यसको पछि लाग्न आग्रह गर्दै अन्ततः आफुले ल्याएको नीतिले समग्र चलचित्र क्षेत्रलाई शुसासित बनाउनेमा आशावादी रहेको बताएकी छन् ।
निकिता पौडेलले सामाजीक संजालमार्फत दिएकाे अभिब्यक्तीकाे केही अंश –
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।