गजल
उजाड याे जिवनमा फेलले सताएको छ ।
जसरी नेपालमा स्वप्न रेलले सताएकाे छ ।।
हिजो नेताकाे प्रसङ्सा गरेर नथाक्नेहरु ।
अाज कागकाे फल बेलले सताएको छ ।।
जसले युद्धमा पनि परिवर्तन फकिर देखे ।
भन्थे अाज राईफलकाे तेलले सताएको छ ।।
हिजो देखि खै के भयाे पत्तै लागेन मलाई ।
साउनको उल्लासमय भेलले सताएको छ ।।
याे समाजमा चेलिबेटी बचाईराख्ने कसरी ।
छिमेकीले नै गर्ने हेल मेलले सताएकाे छ ।।
बगलिमा छुरा मुखमा रामराम छ हामिमा ।
लुकेर गर्ने अाफन्तकाे झेलले सताएकाे छ ।।
अझै पनि खान लाउन हम्मेहम्मे भएर नै ।
चाडपर्वमा धेरै खाईने सेलले सताएको छ ।।
याे चुनावले चेली माईत जाने बाट्टै काट्याे ।
राजनीतिको फाेहाेरी खेलले सताएको छ ।।
गणेश भण्डारी स्मारिका
वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत