काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट काठमाडौंमा आइपुगेका छन् । दिल्लीबाट बिहार, जनकपुर हुँदै मोदी काठमाडौं आएका हुन् ।
मोदीलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र जनकपुर उद्योग वाणिज्य सङ्घले एक सय २१ किलोको छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् । मोदीलाई जनकपुरमा नागरिक अभनिन्दन पनि गरिएको छ ।
शुक्रबार जनकपुरको रंगभूमि मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उनलाई अभिनन्दनपत्र प्रदान गरेका हुन् ।
जनकपुरमा रहेको जानकी मन्दिरमा विशेष पूजा समेत गरेका मोदीले आजै काठमाडौंमा हुने विभिन्न कार्यक्रममा सहभागि हुने छन् । उनलाई भोलि काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन समेत गर्ने छ । त्यसैगरी राष्ट्रपति तथा उपराष्ट्रपतिलाई भेट्ने कार्यक्रम रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।