प्रशान्त वली, काठमाडौं । अरुण तेस्रो शिलान्यास लगायतका असमान सन्धि सम्झौताहरूको खारेजी, मोदी भ्रमणको विरुद्ध अनसन बसेको भन्दै नेकपा क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) का नेताहरू अनशन स्थलबाटै गिरफ्तारमा परेका छन् ।
बिहान १० बजेबाट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा राखेको थियो । रिले अनशनमा बसेका विद्यार्थी नेताहरू अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य महेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू जितेन्द्र लम्साल, सङ्घर्ष दाहाल, मनोविज्ञान शर्मा, त्रिभुवन विश्वविद्यालय क्याम्पस अध्यक्ष हेमराज शर्मा, सुरज आचार्य, विनोद केसी र सुजन सापकोटा लगायतका विद्यार्थी नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको हो ।
गिरफ्तार गरिएका नेताहरूलाई कीर्तिपुर प्रहरी चौकीमा राखिएको छ । विद्यार्थी नेताहरुले नाकाबन्दी गर्नेेलाई नागरिक अभिनन्दन गर्न पाइदैन, नाकाबन्दी गर्नु अपराध हो, मोदीले माफी माग्र्नुपर्छ लगायत असमान सन्धिसम्झौताहरू खारेजीको माग राखेर विद्यार्थी नेताहरूले ३६ घण्टे रिलेअनसन सुरु गरेका थिए ।
अखिल क्रान्तिकारीले गिरफ्तार गरिएका विद्यार्थीको रिहाइको माग गरेको छ ।
फोटोः सुलभ वैद्यको फेसबुकबाट
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।