मुम्बई । पछिल्लो समय आलिया भट्ट र रणबीर कपुर बिच प्रेम सम्बन्धले बलिउड देखि सामाजिक सञ्जालमा चर्चा परिचर्चा चल्न थालेको छ । केही दिन अघि अभिनेत्री सोनम कपूरको विवाह पार्टीमा आलिया र रणबीर एकसाथ पुगेपछि प्रेमचर्चा अझ बढी भएको हो ।
यद्यपी अभिनेत्री आलिया भट्टले भने रणबीर र आफुबिच प्रेम सम्बन्ध नभई मिल्ने साथी मात्र भएको बताउँदै आएकी छन् । उनले चलचित्र ‘राजी’को प्रमोसनमा रणबीर र आफू साथी रहेको बताएकी छिन् । उनी मिडिया सामु बोल्दै भन्छिन् ‘हामी दुई मिल्ने साथी हौँ । उसले पछिल्लो समय आइरहेको गसिपको बारेमा के सोच्छ थाहा छैन ।
तर रणबीरको जीवनको एक हिस्सा हुन पाउँदा खुसी छु । ’ आलियाको यस्तो अभिव्यक्तिले अझ खुलदुली बढाएको छ । आलिया रणबीरसँगको प्रेमसम्बन्ध स्वीकार त गर्दिनन् तर उनले अस्वीकार पनि गरेकी छैनन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।