काठमाडौँ । शनिवारको एक भव्य समारोहकाबिच कपन सङ्गीत सरोवरले यसको आफ्नै डबली कपनमा वार्षिक उत्सव मनाएको छ ।
बहुभाषासेवी तथा सर्जक सूर्य चापागाईंको सलामगानबाट सुरु भएको उक्त कार्यक्रममा लावनी चटर्जी प्रसाईंको जबर्जस्त भक्तिगायन अनि वरिष्ठ गायक अखिलेश्वर चौरसियाको प्रस्तुतिसमेत रहेको थियो ।
संस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभापति वरिष्ठ गीतकार विसुकुमार केसीले संस्थाको वार्षिक गतिविधिको फेहरिस्त प्रस्तुत गर्दै प्रायोजनमा रहेका स्थानीय व्यक्ति तथा संघसंस्थाप्रति आभार प्रकट गरेका थिए ।
वरिष्ठ रङ्गकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यमा सम्पन्न सरोवरको एघारौँ वार्षिकोत्सवमा वरिष्ठ गायिका शकुन्तला प्रधानलाई सरोवर सम्मान प्रदान गरिनुका साथै वरिष्ठ सङ्गीतकार विनय बर्मा, उज्यालो सङ्गीतकर्मी डम्बर ढकाल, छोटाचलचीत्रकर्मी मधु बोगटी, वरिष्ठ बाँसुरीवादक निराजन चौलागाईं, प्रखर साहित्यकार नारायण नेपाल, सङ्गीतकार शशिविक्रम थापा, युवागायक तथा कलाकार ज्ञानकुमार खड्का र नवगायक कृष्णकुमार उर्फ केके, कटुकाव्यकार के आर पाण्डुलिपी, युवागीतकार प्रमोद भण्डारी , प्रेमज्ञान काव्यकार युवामन रमेश आचार्य सत्यमा अनि जुझारु युवाकवि तथा पत्रकार केशव पाठकलगायतका डेढ दर्जन जति वक्ताद्वारा गीत र सङ्गीतका विभिन्न प्रस्तुतिमा आयाम दिइएको थियो ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।