लमजुङ । लमजुङ स्थित पशुपतिनाथ पछिको दोस्रो महत्वको मानिने ईशानेश्वर मन्दिरको १ करोड बढीको लागतमा पुन: निर्माण गरीएको छ । भूकम्पका कारण ढल्ने अवस्थामा पुगेको मन्दिर पुरातत्व विकागको लगानीमा पुन:निर्माण गरिएको हो ।
लमजुङको मध्यनेपाल नगरपाकिला– ७ करापुटार स्थित सो मन्दिर निर्माणका लागि १ करोड ६ लाख रुपैयाँ लाग्ने भएको ईशानेश्वर क्षेत्र विकास समितिका सदस्य कृष्णचन्द्र घिमिरेले बताउनु भयो । उहाँका अनुसार मन्दिरको पुन: निर्माण खर्च पुरातत्व विभागले र रेखदेखको कार्य ईशानेश्वर क्षेत्र विकास समितिले गरीरहेको छ ।
२ वर्ष अघि निर्माण कार्य थालिएको सो मन्दिर गत शिवरात्रीका अवसरमा सम्पन्न गर्ने भनिएको थियो तर ठेकेदारको लापरवाहीका कारण निर्माणमा ढिलाई भएको ईशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र शास्त्रीले बताउनु भयो । उहाँका अनुसार मन्दिरमा अब छाना छाउने काम मात्र बाँकी छ । त्यो काम अबको एक महिनामा सक्लान् भन्ने विश्वास गरीएको छ उहाँले भन्नुभयो । मन्दिरको काम नसकी दाँयाबायाँ गर्न पाउन्नौ हामीले ठेकेदारलाई भनेका छौँ अध्यक्ष घिमिरेले भन्नुभयो ।
सो मन्दिरमा तामाका पाताको छाना लगाउने तयारी गरीएको स्थानीय शिक्षक एवम् ठाडोभाका लोककला प्रतिष्ठानका उपाध्यक्ष युवराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार मन्दिरको गजुर भने पुरानैलाई मर्मत गरेर राखिने भएको छ ।
सो मन्दिर मूलत: सन्तान नभई त्यस्तो चाहना राख्नेहरूका लागि शिवरात्रीको दिनमा रातभर ठाडो उभिएर बत्ती बालेमा सन्तान हुने र ८० प्रतिशत भन्दा बढी सफल भएको पाइएको ईशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष शास्त्रीले जानकारी दिए । उनका अनुसार उक्त मन्दिर ३ आनाको क्षेत्रफलमा पुरानो भन्दा ३ फिट बढाएर निर्माण गरीएको छ ।
२०५२ सालदेखि ईशानेश्वर क्षेत्र विकास समितिले काम गर्न थालेपछि हाल आएर मन्दिर परिसरमा ७ रोपनी जग्गा जोड्न आफूहरू सफल भएको ईशानेश्वर क्षेत्र विकास समितिका सचिव खगराज घिमिरेले बताउनु भयो ।
(मन्दिरको फोटो पनि छ)
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।